रानाथारुको ख्ख्डेडाको अवसर पारेर भलिबल प्रतियोगिता हुने

३ चैत्र २०८१, सोमबार
रानाथारुको ख्ख्डेडाको अवसर पारेर भलिबल प्रतियोगिता हुने

कैलाली – न्यू भिजन युवा क्लब, धनगढी १५, उर्मीलेको आयोजनामा रानाथारुको ख्ख्डेडाको अवसर पारेर भलिबल प्रतियोगिता हुने भएको छ । खेल आगामी २०८१-१२-८ गतेदेखि सुरु भई २०८१/१२/९ गते समापन हुनेछ ।

प्रतियोगितामा विजेता टिमले प्रथम पुरस्कार १५,००० रुपैयाँ, दोस्रो पुरस्कार १०,००० रुपैयाँ र तृतीय पुरस्कार ५,००० रुपैयाँ प्राप्त गर्नेछन् । विजय टिमलाई प्रमारपत्र, ट्रफि र मेडल पनि प्रदान गर्ने छ ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दर्ता शुल्क १,५०० रुपैयाँ तोकिएको छ । खेलाडीहरूले अनिवार्य रूपमा परिचयपत्रसहित दर्ता गर्नुपर्नेछ । खेलसँग सम्बन्धित सम्पूर्ण विवादको अन्तिम निर्णय आयोजक समितिले गर्ने जानकारी दिइएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio