नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्य समितिले निःशुल्क जनचेतनामूलक भित्तेलेखन गरेकाे छ ।
सिमितले मार्च ११ मा पर्ने अरनिको स्मृति दिवस को उपलक्ष्यमा डोटी जिल्लाकाे पूर्वी चौकी गाउँपालिका ४ ,का साना गाउँ, साँझघाट, अछाम र डोटीको सीमामा पर्ने चौखुट्टे बजार तथा कञ्चनपुरको बेलौरी नगरपालिका स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट र बेलौरी नगरपालिका मा पर्ने शोभा तालका विभिन्न स्थानहरूमा लागूऔषध दुर्वेशन नियन्त्रण सम्बन्धी जनचेतनामूलक भित्तेलेखनहरू निःशुल्क गरेकाे हाे।
प्रत्येक वर्ष मार्च ११ मा केही न केही सामाजिक कार्य गर्दै आएको नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्यसमितिका अध्यक्ष दिनेश बिकले बताए ।
नेपाल कमर्सियल आर्टिष्ट संघका कञ्चनपुर जिल्ला अध्यक्ष दिनेश बिक, कृष्णपुर पालिका प्रमुख अमरसिंह चौधरी , बेलौरी पालिका प्रमुख तुलसीराम चौधरी, कञ्चनपुर जिल्ला सदस्य प्रकाशराम तिरुवा, जगन्नाथ राना , सहसचिव कृपाल चौधरी र बेलौरी पालिका सदस्य गजेन्द्र राना सहितकाे समुहले निःशुल्क जनचेतनामूलक भित्तेलेखन गरेकाे हाे ।