कञ्चनपुर को लालझाडीमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वम्सेबिकाको भूमिका : स्वास्थ समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रम सम्पन्न भएको छ ।
कंचनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य मा. तारा लामा तामाङको प्रमुख आतिथ्यता तथा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना , उपाध्यक्ष सपना चौधरी राना , प्र.प्र.अ. राज बहादुर सार्की , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख ,स्वास्थ्यकर्मीहरु , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका प्रतिनिधिहरु लगायतका बिभिन्न सरोकारवालाहरुको सहभागीतामा बिबिध कार्यक्रम संचालन भएको थियो ।
२१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा लालझाडीमा स्वास्थ्यकर्मीहरुले बृहत् र्याली गरी प्रदर्शन गरेका हुन ।