नेपाल थारु संघका पदाधिकारीलाई नेता बिष्टद्वारा प्रमाणपत्र बितरण

२० मंसिर २०८१, बिहीबार
नेपाल थारु संघका पदाधिकारीलाई नेता बिष्टद्वारा प्रमाणपत्र बितरण

नरेश राना / कञ्चनपुर

नेपाल थारु संघमा मनोनीत पदाधिकारीहरुलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं बिधायन तथा आन्तरिक मामिला समितिका सभापति दिवान सिह बिष्टले प्रमाण पत्र बितरण गरेका छन् ।

नेपाल थारु संघ कंचनपुरमा सर्वसम्मत मनोनित भएका क्षेत्र नम्बर १ क्षेत्रीय अध्यक्ष शिवनाथ राना ज्यु , लालझाडी गाउँपालिका अधक्ष्य मा मनोनीत हेमराज राना पुर्नवास नगर अध्यक्ष मा मनोनीत घुम्मन राना , प्रदेश (क) अध्यक्ष राम बहादुर राना लाई नेपाली काँग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश बिधायन समिती सभापति बिष्टले प्रमाणपत्र हस्तान्तरण गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन ।

त्यसै गरि प्रदेश ख तर्फ अध्यक्षमा मनोनीत हेमराज राना , बेलौरी नगर अध्यक्ष राज बहादुर चौधरी र बेलडाँडी पालिका अध्यक्ष करन सिह रानालाई आज एक कार्यक्रमको आयोजना गरि नेता बिष्टले प्रमाणपत्र तथा बधाई एवं शुभकामना ब्यक्त गरेका हुन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio