लालझाडी बडायक दम्पती हत्याकाण्ड ः मुख्य अभियुक्त पक्राउ

२० मंसिर २०८१, बिहीबार
लालझाडी बडायक दम्पती हत्याकाण्ड ः मुख्य अभियुक्त पक्राउ

कञ्चनपुर, २०मंसिर 

कञ्चनपुरको लालझाडी गाँउपालिका १ बिनवारी गाँउका एक दाम्पती हत्याकाण्डमा मुख्य अभियुक्त पक्राउ परेका छन । लालझाडी गाँउपालिका १ बिनवारीका ४६ बर्षिया रामेश्वर बडायक र ४३ बर्षिया कमला बडायकको हत्याकाण्डमा लालझाडीकै युवक पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले ८ कार्तिकमा लालझाडी १ बिनवारीका बडायक दाम्पत्ती हत्यामा संलग्न लालझाडी गाँउपालिका २का ५० बर्षिया गंगाराम राना पक्राउ परेको बताए । बिहीबार पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । बडायक दाम्पत्ती हत्याकाण्डमा झण्डै डेढ महिना अर्थात ४३ दिनमा पक्राउ परेका छन । ८ कार्तिक राती हत्या भएपनि ९कार्तिक शुक्रबार बिहान मात्रै बडायक दाम्पत्ती मृत फेला परेका थिए । सोही दिनदेखि प्रहरीले निरन्तर अनुसन्धान अघि बढाएको थियो । ‘हामीले घटना लगत्तै अनुसन्धान अघि बढाएका थियौँ, ‘प्रवक्ता जोशीले भने, ‘सो राती गंगाराम राना त्यहाँ गएको सुचना पाएपछि उनीमाथि अनुसन्धान अघि बढाए पक्राउ गरेपछि उनले हत्या गरेको स्वीकार गरेका छन ।’

 मदिरा समेत बिक्रि वितरण गर्दै आएका बडायक दाम्पत्तीले आफुलाई गाली गरेपछि रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेको र त्यसपछि उनकी श्रीमतीको पनि हत्या गरेको रानाले प्रहरीमा बयान दिएका छन । रानाले प्रहरीमा मदिरा सेवन गर्न गएको विवाद भएपछि हत्या गरेको बयान दिएसंगै मदिरा नै अपराधको कारण बनिरहेको छ । 

राना आफु एक्लैले हत्या गरेको बयान दिएपनि प्रहरीले घटना बारे थप अनुसन्धान जारी रहेको जनाएको छ । शान्त गाँउमा बडायक दाम्पत्तीको हत्या भएसंगै बडायक परिवारमा सन्नटा र गाँउमा त्रास छाएको थियो ।  

Wedding Story advertisement Of Jems Movies & Photo Studio