लालझाडीमा जुनेली महिला कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

२६ कार्तिक २०८१, सोमबार
लालझाडीमा जुनेली महिला कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

 नरेश राना / लालझाडी

कंचनपुरको लालझाडी गाउँपालिका-२, कसवा स्थित श्री जुनेली महिला कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार संस्थाको प्राङ्गणमा शेयर सदस्यहरुको बाक्लो सहभागितामा सहकारीको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सहकारीकी अध्यक्ष बालकुमारी देवि रानाको सभाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशिष्ट अतिथीमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो । त्यस्तै कारीटास नेपालका कर्मचारी छेगुरा चौधरी ,निड्स नेपालका कर्मचारी दिपक चौधरी लगायतका व्यक्तिहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय तामाङले  सहकारी हाम्रो हो भन्ने सोचको विकास गरि बचत र शेयरपुँजी बढाउन शेयर सदस्यहरुलाई अनुरोध गर्नुभएको थियो ।

उहाँले  कर्जा पाउने लोभले धेरै सहकारीमा आवद्ध हुने गरेको देखिन्छ ।  त्यस्तो नगर्न र कर्जा लिएपछी आयमुलक काममा मात्रै लगानी गर्न शेयर सदस्यहरुलाई सुझाव दिनुभएको थियो ।

सहकारीहरुमा पनि एउटै प्रकृतीको कारोबार हुँदा संस्था  डुब्ने सम्भावना हुन्छ । बचत-ऋणलाई फोकस भन्दा सबै सहकारीको समन्वयमा फरक-फरक उद्देश्य राख्न सके अझै संस्थाको स्तरोन्नति हुन्छ । उहाँले भन्नुभयो ।

त्यस्तै, मन्तव्यका क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सहकारीको नारा अनुरुप हामी जान सके व्यक्तिगत जिवनस्तर सुधार मात्रै नभई यस क्षेत्रको विकास हुने बताउनुभयो ।

सहकारीमा इमानदारी र अपनत्व हुनुपर्छ  । सहकारीले राम्रो गर्दै गए पालिकाबाट गर्न सकिने सहयोगका लागि आफु सकारात्मक रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी,बचत के हो,बचत किन गर्ने भन्ने नै कसैलाई थाहा थिएन । अहिले सहकारी तर्फ महिलाको आकर्षण  बढ्दै गईरहेको अतिथीहरुले बताउनुभएको थियो ।

३२ जनाबाट सुरुवात भएको सहकारीमा हाल २ सय २२ शेयर सदस्य,४ हजार ६ सय ९४ शेयर कित्ता बाड्न सफल भएको  छ । भने झण्डै दुई लाख मुनाफा गरेको सहकारीले आर्थिक वर्ष २०८०/२०८१ को १ करोड ४० लाख ७ हजार १४७ रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा नियमित र बढी बचत गर्ने  ९ जना सदस्यहरुलाई दोसल्लाले सम्मान गरिएको सो कार्यक्रममा संस्थाकी लेखा संयोजक अमृता बडायकले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रमलाई सञ्चालन संस्थाकी सञ्चालक सदस्य सरस्वती रानाले गर्नुभएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio