चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा 

२५ कार्तिक २०८१, आईतवार
चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा 

कञ्चनपुर, कार्तिक २५ 

कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका २ वाणिमा रहेको चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

आतबार एक कार्यक्रमका विच उक्त सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको जनाईएको छ । 

चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवदत्त पन्तले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै ६ माघ ०७० सालमा स्थापना भएको सहकारीले पछिल्ला दिनहरुमा जैविक विविधता सरक्षण गर्दै विपन्न नागरिकको समाजिक हकहितका क्षेत्रमा काम गर्दै आएको बताए । हाल सहकारीमा २ हजार ४सय ३७ शेयर सदस्य रहेका छन । जिल्लाका ३३स्थानबाट बचत समुह मार्फत कारोबार गरिरहेको जनाएको छ । 

हालसम्म ३ करोड, २०लाख, १७ हजार ४२४रुपैँया निक्षेप रहेको बताए । 

उपभोक्ताहरुलाई कृषि समाग्रंी कम्पनी, साल्ट टे«डिङ्ग कर्पोरेशन मार्फत मलखाद उपलब्ध गराएको र बाल बचत तर्फ वर्थडे केक स्वरुप ३सय रकम उपलब्ध गराईएको छ । अध्यक्ष पन्तले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुरुप चालु आर्थिक बर्ष ०८१÷०८२मा कृषिमा व्यवसायिककरण गर्नका लागि ‘एक समुह एक उद्यम’ अवधारणा अनुरुप शेयर सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने, सहकारीका लागि घरजग्गा खरिद गर्न चालु आर्थिक बर्षबाट कोष खडा गरिनेछ । शेयर पुँजिबृद्धि गर्न न्यूनतम शेयर ५०कित्ता कायम गरिनेछ । विजबृद्धि, भण्डारण कार्यक्रम गर्ने, स्थानीय तह सहितका कृषिसंग सम्बन्धीत कार्यालय,मन्त्रालयसंग साझेदारी गरी व्यवसायिक कृषि तथा बजारीकरण कार्यक्रम संचालन गर्ने, ऋणको दायर बृद्धि गर्न धित्तो लिई ऋण लगानी गर्ने, शेयर सदस्यहरुलाई अभिमुखिकरण गराउने, घुम्नीकोष अशुली गर्ने, डेरी संचालन गर्ने, सहुलियतमा ऋण उपलब्ध गराउने, कलुवापुर, गुलरियामा सेवा केन्द्र संचालन गर्ने सहितका योजना अघि सारिएका छन । 

अध्यक्ष पन्तले शेयर पुँजीकम रहेकाले शेयर सदस्यले मागे अनुरुप ऋण उपलब्ध गराउन नसकिएको, सामुदायिक वनको ५०प्रतिशत आयआर्जनका लागि रमम सहकारी मार्फत घुम्तीकोष परिचालन हुन नसकेको, कर्मचारी तथा बजार प्रतिनिधीको पारिश्रमिक लगायतका चुनौती रहेको उल्लेख गरिएको छ । 

लेखा संयोजक महेन्द्र रोकायाले आर्थिक प्रतिवेदन प्रस्तुतव गर्दै १२करोड, ७०लाख, ४२हजार, २७१रुपैया बराबरको आयव्यय प्रस्तुत गरेका छन । 

कार्यक्रममा सरोकारवालाहरुले छोटो समयमै सहकारीले पर्यावरण सरक्षणदेखि वनमाथि निर्भर हुने भार घटाएको जनाएका छन । सहकारीले बचत संकलनदेखि ऋण प्रवाह मात्रै नभई देखिने गरेर पर्यावरण सरक्षण गर्दै नागरिकको जिविकोपार्जनका भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका छन । कृष्णपुरका समाजसेवी जनकराज जोशीले सहकारीले निम्नस्तरका नागरिकको आर्यस्तर बृद्धिदेखि वनमाथि निर्भर भएको मानिसलाई बैकल्पिक व्यवस्थाका सुविधा दिलाएको बताए । ‘कृषिमा निर्भर ग्रामिण भेगका किसानलाई सहकारीले विभिन्न सुविधा दिएको पाएका छौँ, ‘उनले भने, ‘किसानका लागि मलखादबिउबिजनदेखि वनमाथिको भार घटाउन उपभोक्तालाई नविकरणीय उर्जाका कार्यक्रममा जोडेको पाईन्छ ।’ 

नेपाल पत्रकार महासंघ सुदूरपश्चि प्रदेशका निर्वतमान सदस्य अरुण कुमार भट्टले पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा सहकारी घोटाला भईरहेका बेला कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको प्रत्यक्ष किसानसंग जोडिएर काम गरेको बताए । 

तराई भू परिधी कार्यक्रमका पश्चिम क्षेत्र इन्चार्ज देवराज जोशीले सहकारीले वनका उपभोक्तालाई आर्थिकदेखिका विभिन्न सेवा सुविधा दिलाएको बताए । ‘सामुदायिक वनका उपभोक्ताको हकहितका साथै उनीहरुको जिवन सुधारका लागि सहकारीको भूमिका निर्वाह गरेको छ, ‘उनले भने, ‘यो सहकारीले जनताको हितमा काम गरेको छ ।’ 

कृषि सहकारी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मसिह कुँवरले सहकारीले ग्रामिण भेगका विपन्न नागरिकको जिवनस्तरमा ठुलो परिर्वतन ल्याएको बताए । उनले सहकारीले एकातिर ग्रामिण भेगका विपन्न जनतालाई विभिन्न आर्थिक क्षेत्रमा जोड्नुका साथै वन पर्यावरण सरक्षणमा ठूलो भूमिका निर्वाह गरेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निर्वतमान सांसद महेश दत्त जोशीले सहकारीले पछिल्ला दिनहरुमा थुप्रै विपन्न नागरिकको जिवन ‘सुधारका क्षेत्रमा काम गरेको बताए । सहकारीले सामुदायिक वनका उपभोक्ताहरुको हकहितका साथै विपन्न उपभोक्ताको जिवन स्तरबृद्धिका लागि काम गरेको छ, ‘प्रविधितिर थप फड्को मार्दै अघि बढ्नुपर्छ ।’

सहकारीका संस्थापक अध्यक्ष समेत रहेका प्रमुख अतिथि सांसद जोशीले वन पर्यावरणमैत्री कामकाज गरेको बताए । सहकारीका सबै सदस्यहरुको बचत सरक्षणदेखिका थप सेवा सुविधा विस्तार गरेर थप स्तरिय सेवा सुविधामा उनले जोडदिए । उनले वन पर्यावरण सहकारीको साझा संञ्जाल बनाएर भावि दिनमा पर्यावरण सरक्षणका क्षेत्रमा काम गर्दै आएका सहकारीको प्रर्बद्धनमा काम गर्ने बताए । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि बचतकर्तालाई सम्मान गरिएको छ । पुर्व कर्मचारी रमेश पन्त, बजार प्रतिनिधी कविता साउद(विष्ट), उत्कृष्ट ऋर्णी कल्पना पाण्डे, उत्कृष्ट बचतकर्ता अर्जुन जेठारा, घुम्ती कोष तर्फ हरियाली सामुदायिक वन र कोपीला बचत समुहलाई दोसल्ला, प्रमाण पत्र दिएर सम्मान गरिएको छ । चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका सचिव नरेश भट्टले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, सरोकारवा, शेयर सदस्य सहितको सहभागिता रहेको थियो । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio