लालझाडी बडायक दम्पती हत्या प्रकरणमा प्रहरीले सोधपुछ गर्नेको संख्या यस्तो छ

२५ कार्तिक २०८१, आईतवार
लालझाडी बडायक दम्पती हत्या प्रकरणमा प्रहरीले सोधपुछ गर्नेको संख्या यस्तो छ

लालझाडी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लालझाडी गाउँपालिका–१ बिनावारीका बडायक दम्पत्ती हत्याको अनुसन्धानमा ९५ जनासंग सोधपुछ गरेको छ । बडायक दम्पतीको हत्या भएको करिब एक महिना पुग्नै लागेको छ । कार्तिक ८ गतेराति जिल्लाको लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले अहिले सम्म ९५ जनालाई सोधपुछ भएको र उक्त घटनाको शुक्ष्म रुपले अनुसन्धान भईरहेको बताउनु भयो । आफु पनि यो घटनालाई विषेश रुपले चासोका साथमा लिएर काम गरिरहेको बताउनु भयो । यो घटनामा संलग्न र आशंकाको रुपमा रहेको केही शंकास्पद व्यक्तीहरु माथी पनि निगरानी राखेर काम भई रहेको बताउनु भयो ।

बडायक दम्पती हत्याको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । तर हत्याको विषयमा प्रहरीले कुनै क्लु पत्ता लगाउन सकेको छैन् । अहिले उक्त घटनाको अनुसन्धानका लागि एसपी, केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लगायत टोली खटिएको छ । तर घटनाको विषयमा अहिलेसम्म कुनै क्लु पत्ता लाग्न सकेको छैन् ।

उसो त घटनाको अनुसन्धान गर्न यता प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसी पनि घटनास्थलमा पुग्नु भएको थियो । उहाँले अनुसन्धान नतिजानजिक पुगेको दाबी नै गर्नु भएको थियो । रमेश वडायकको शव आँगनमा भेटियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio