लालझाडीका सितारामको उखु हात्तीको बथानले सखाप पारिदियो 

२० कार्तिक २०८१, मंगलवार
लालझाडीका सितारामको उखु हात्तीको बथानले सखाप पारिदियो 

नरेश राना, कञ्चनपुर कार्तिक २० 

कञ्चनपुरको लालझाडी गाँउमा जंगली हात्तीको बथान समुहले विगत एक महिनादेखि निरन्तर मानिसदेखि भौतिक, अन्नबालीमा क्षति पु¥याउनेक्रम रोकिएको छैन ।  हात्तीको बथानले  लालझाडी गाँउपालिका ४ पर्सियाका सिताराम रानाको दुई विगाहको उखु समेत सखाप पारिदिएको छ । बेच्नका लागि तयार पारिएको नगदेबाली उखु हात्तीले सखाप पारिदिएपछि सिताराम संकटमा परेका छन । किसान सिताराम रानाले उखु बेचेरै घरखर्चदेखिका कामकाज गर्दै आएका थिए ।

यसरी रातारात उखुबारी नै सखाप पारिदिएपछि उनले महिनौँदेखि गाँउमा हात्तीले मानविय भौतिक क्षति गर्दा समेत क्षतिपूर्तिको लागि पालिका सरकार चुपचाप बसेको भन्दै दुखेसो पोखेका छन । साथै आज हात्ती पीडित किसान लालझाडी ४ जाई का जन्ता गाउँपालिका अध्यक्ष निर्मल राना तथा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की संग विद्युत लाईन विस्तार को लागि माग गरी बृहत छलफल गरीयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio