धनगढी: नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, CAVA – सेन्ट्रल एसियन भलिबल एसोसिएसन-U20 पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन गइरहेको छ, जसले नेपाली भलिबलमा नयाँ अध्याय प्रारम्भ गर्दैछ । यो प्रतियोगिता २०२४ अक्टोबर ४ देखि १२ (२०८१असाेज १८ देखि २६ गते) सम्म कोलम्बो, श्रीलंकामा आयोजना हुँदैछ।

नेपालको यस टोलीमा पहिलो पटक रानाथारु समुदायबाट एक खेलाडीले स्थान सुरक्षित गरेका छन्, जसले सिंगो समुदायलाई गर्वको अनुभूति गराएको छ। अशोक राना ले आफ्नो उत्कृष्ट प्रदर्शन र कडा मिहिनेतको परिणाम स्वरूप राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

उक्त खेलाडीको चयनले समुदायलाई मात्र नभई सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको छ। यस उपलब्धिले नेपाली खेलकुदको विविधतालाई उजागर गर्दै प्रेरणा प्रदान गरेको छ कि कुनै पनि समुदायबाट आएका व्यक्तिहरूले आफ्नो प्रतिभा र मिहिनेतको बलमा उच्चतम स्थान सम्म पुग्न सक्छन् ।

CAVA U20 पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको छ । खेलप्रेमीहरूले यो प्रतियोगिताप्रति निकै उत्साहित भएका छन् र राष्ट्रिय टोलीको सफलताको लागि शुभकामना व्यक्त गरिरहेका छन् ।

अशोक रानालाई सम्पूर्ण नेपालीहरूले प्रतियोगिताका लागि शुभकामना दिएका छन् । उहाँको यो ऐतिहासिक सहभागिताले नेपालको भलिबल इतिहासमा एउटा विशेष स्थान बनाउने विश्वास गरिएको छ ।

सेयर कर दियो ।