नरेश राना/कञ्चनपुरः कञ्चनपुरकाे लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलिमा गौरा पर्व विशेष देउडा प्रतियोगिता २०८० भदौ २४ गते सम्पन्न भएको छ। देखतभुली युवा समाजद्वारा आयोजित पालिका स्तरीय देउडा प्रतियोगितामा देउडीया तेज बहादुर लुहार विजेता भएका छन्। विजेता देउडीया तेजराम लुहारले फाइनल ५० नम्बर मा ४८ र अर्को देउडिया धन सिंह एरी ४७ ल्याई १ पोइन्टले तेजराम लुहार बिजेता भएका हुन । तृतीय स्थानमा रेणु बि.सि. भएको भनेर आयोजक कमिटीले जनाएको छ।
कार्यक्रममा प्रथम,दोस्रो र तेस्रो पुरस्कार क्रमश: १२ हजार , ८ हजार र ५ हजार नगद रकम सहित प्रमाणपत्र बिजेताले प्राप्त गरेका छन ।
प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले भनिन यस्ता सांस्कृतिक कार्यक्रम मात्र नभइ महिलाहरुका लागि आ.व. ०८०/०८१ मा तपाईं स्थानीय बासीको रोजाइ अनुसार उपाध्यक्ष विशेष तालिम संचालन गर्नेछु । म तपाईको वडा वडामा पुगेर महिला दिदिबहिनीहरुसंग सल्लाह गरी माग अनुसार तालिम दिनेछु । खेलमा हार जित हुन्छ यसमा चित्त दुखाउनु पर्दैन यो देउडा प्रतियोगितामा बिजेता र उप-बिजेतालाई बधाई समेत उपाध्यक्ष रानाले बताएकी छिन ।
कार्यक्रम देखतभुली युवा समाजका अध्यक्ष सन्देश भट्टको अध्यक्षतामा र प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना , विशिष्ट अतिथी लालझाडी ५ का वडा अध्यक्ष पहल थापा ,समाजसेवी ,बुद्धिजीवी ,स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजसेवी, सहयोगीहरुलाई सम्मान गरेका थिए ।