एम.वि.राना /लालझाडी, २३ असाड ।
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ६ स्थित रामेश्वरम माध्यमिक विद्यालयले हरियाली वातावरण बनाउनको लागि विभिन्न जातका विरुवाहरु रोपेको छ ।

विद्यालयको वातावरण हराभरा भयो भने राम्रो देखिन्छ विरुवा रोप्नु अघि विद्यालयका प्र.अ. रामप्रसाद जोशी ले बताए । कुनै ठाउको बारेमा थाहापाउनको लागि त्यस ठाउको वातारणको बस्तुस्थती देखे पुग्छ भने । लालझाडी गाउपालिकाकाे सहयाेगमा विद्यालयका शिक्षक स्टाप र विद्यार्थीहरुको सहयोगमा विद्यालयमा विभिन्न जातका विरुवाहरु रोपेर विक्षारोपण गरेको हो । गाउपालिकाले उक्त विद्यालयलाइ बाेटानिकाल गाडेनकाे रूपमा विकास गर्ने कार्यक्रम रहेकाे छ ।

![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





