दिनेश राना/धनगढी, जेठ ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपलिकाकाे प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस विजयी भाएकाे छ। अन्तिम मत परिणम अनुसार प्रमुखमा नेपाली कांग्रेसका ताेयप्रसाद शर्माले १० हजार ६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनकाे निकट प्रतिस्पर्धी नेकपा एमालेका पदम बहादुर पुजाराले ४६७४ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै भुलिया कुमारी राना विजय भएकि छिन्। उनले ७ हजार ३४५ मत प्रप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृतकाे कार्यलय जानएकाे छ।