धनगढीः रसुवाको भोटेकोशी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको कार्य सम्पन्न गरेको छ। सेनाको टोलीले निरन्तर ५ दिन खटिएर पुल निर्माण पूरा गरेको हो।


पुल सञ्चालनसँगै भोलिदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिनेछ भने पर्सिदेखि सवारी साधनहरूसमेत सञ्चालनमा आउने भएका छन्। सडक सम्पर्क टुटेको यस क्षेत्रमा सेनाले छिटै पुल जडान गरेपछि स्थानीयवासी, यात्रु तथा व्यापारीहरूलाई ठूलो राहत मिलेको छ।

सेयर कर दियो ।