नरेश राना/कञ्चनपुर,१ कातिक ।
धान भित्र्याउने बेला बर्षा भएसंगै खेतमै काटेका धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण किसानले लागयको धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन । खेती भित्र्याउने बेला बर्षा भएपछि धानखेतीमै जिवन निर्वाह गर्दै आएका किसानलाई बढि मार परेको छ ।
बर्षातका कारण कैलाली, कञ्चनपुरका सयौँ किसानको हजारौँ विगाह जमिनको धान खेतीमै भिजेको छ । जसका कारण किसान महासंकटमा परेका छन । धानसंगै केरा लगायतका अन्य अन्नबाली समेत नष्ट गरेपछि किसान थप चिन्तित भएका छन । अनपेक्षित रुपमा एक्कासी बर्षा भएसंगै यस बर्षको धानखेती समेत नष्ट भएकाले किसान मारमा परेका हुन ।
लालझाडी गाउँपालिका ३ नन्दगाउँका स्थानीय बहाली रानाको धान भिजेर नष्ट भएको छ । गत बर्ष पनि उनको खेतमा दोदा नदीको बाढीले धानखेती नष्ट भएको उनले बताए । गत वर्ष दोदा नदिमा बाढी आएर पुरै धान कुहियो भने यस बर्षपनि अहिले बर्षा भएपछि धान कुहिने भयो । बिगौँ जमिनमा धानखेती नष्ट भएपछि राना मारमा परेका छन ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगर नगर पालिका ७ देवहरिया गाउँका स्थानिय किसान रामस्वारुप रानाको बर्षातले डेढ विगाह जमिनको धानखेती नष्ट भएको छ । रानाले काटेको धान बर्षातले नष्ट भएको बताए । सुकाउनका लागि खेतमै धान काटेर छाडेको थिएँ एक्कासी बर्षा आयो धान खेतमा पुरै भिजायो उनले भने ।
लालझाडी गाउपालिका १ नाैरंगा गाउका भलमन्सा रामचन्द्र रानाकाे भनाइ अनुसार जंगलबाट निस्किने लमैया खर्राकाे बाढीले करिव २५० विगाहमा काटेर सुकाउन छाेडेकाे धन खाेलाले सबै बगाएर लगेकाे बताए ।
यसैगरी बेलौरी नगर पालिका वडा नं. ८ कलकत्ता गाउका किसान कर्म सिंह रानाका अनसार १२ विगाहमा लागएको केरा खेती हिजो एक्कासी आएको हुरीले पाक्नालागेको केराबारी नष्ट भएको छ । लगभग १० देखि १२ लाखको नोक्सान भएपछि राना मारमा परेको बताए ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले अधिकांस किसानले धान भित्र्याई रहेको बताए । जिल्लाभरी ८० प्रतिशत किसानले धान भित्र्याइसकेका छन उनले भने, बाँकी २० प्रतिशत किसानले पछि हुने धान रोपेका छन , त्यही धान भिजेको हो । बर्षा अहिले पनि रोकिएको छैन । जलबायु परिवर्तनका कारण सबैभन्दा बढि मारमा किसान जहिले पनि पर्दै आएका छन ।






