काठमाडौँ: नेपाल आयल निगम (NOC) ले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमको नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।
बढेको मूल्य आज मध्यरातिदेखि नै लागू हुने जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको फेरबदल र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।







