राजनीतिक दलसम्बन्धी अध्यादेश बिराेधकाे बावजुत पेस

२३ भाद्र २०७८, बुधबार
राजनीतिक दलसम्बन्धी अध्यादेश बिराेधकाे बावजुत  पेस

काठमाण्डाै,२३ भदाैँ । नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।

एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न दिएका थिएनन् ।एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयो । उहाँले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा वास्ता नगरेको भन्दै विरोध जनाउनुभयो ।

नाराबाजीकै बीचमा सभामुखले आफूले संविधानले दिएको अधिकारअनुसार काम गरेको जवाफ दिँदै एमालेका सांसदहरूलाई संसद् बैठकभित्र के बोल्ने र के नबोल्ने भनेर मर्यादा स्मरण गराउनुभएको थियो । यसैबीच संसद् बैठक भदाै २५ गतेसम्मका लागि स्थगित भएकाे छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio