फाया नेपालद्धारा कोरोना प्रतिरोध गर्न सक्षम वनाउन डाक्टर र नर्सहरुलाई आइसियु संचालन सम्वन्धि तालिम

१९ बैशाख २०७८, आईतवार
फाया नेपालद्धारा कोरोना प्रतिरोध गर्न सक्षम वनाउन  डाक्टर र नर्सहरुलाई आइसियु संचालन सम्वन्धि तालिम

धनगढी,१९ बैशाख ।

फाया नेपालको आयोजनामा सुदुरपश्चिमका इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल तथा क्रिटिकल केयर व्यवस्थापन सम्वन्धि तालिम धनगढीमा सम्पन्न भएको छ ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र र सेती प्रादेशिक अस्पतालको समन्वय र जिआइजेडको स्वास्थ्य क्षेत्र सहायता कार्यक्रमको साझेदारीमा कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धि गरी अस्पतालहरुलाई कोरोना प्रतिरोध गर्न सक्षम वनाउने उद्देश्यले तालिम संचालन गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले जानकारी दिनुभयो ।

तालिममा दार्चुला, वैतडी, डडेलधुरा, अछाम, वझाङ, वाजुरा जिल्ला अस्पतालहरु, टिकापुर, सेती, तथा महाकाली अस्पतालका ११ जना मेडिकल अफिसर तथा १३ जना नर्सिङ स्टाफ गरी जम्मा २४ को सहभागिता रहेको थियो ।

एक व्याचमा ६ जना डक्टर र ६ जना नर्स गरी १२ जना रहने तीन व्याचको लागि तालिम योजना गरिएको भए पनि लकडाउनका कारण आवागमनमा असुविधा भएकोले दुईव्याच मात्र तालिम चलाइएको र आवागमन खुकुलो हुने वित्तिकै तेस्रो व्याच पनि संचालन गरिने वताइएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको स्विकृत पाठ्यक्रम र निर्देशिका वमोजिम दिइएको सो तालिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर हस्पिटलका प्राध्यापक डक्टर रवि राम श्रेष्ठको नेतृत्वमा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले प्रदान गरेका थिए ।

फाया नेपालका पूर्व अध्यक्ष शेर वहादुर बस्नेतले तालिमले यस अघि नै आइसियु स्थापना भैसकेर पनि जनशक्तिको अभावका कारण संचालनमा आउन नसकेका विभिन्न अस्पतालमा सेवा सञ्चचलन गर्न तथा यस अघि सेवा संचालनमा रहेका अस्पतालमा थप तथा सहजतापूर्वक सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio