लैङिगक हिंसा विरुद्ध एक दिवसिय गोष्ठी सम्पन्न

८ मंसिर २०७७, सोमबार
लैङिगक हिंसा विरुद्ध एक दिवसिय गोष्ठी सम्पन्न

धनगढी,८ मंसिर ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले लैङिगक हिंसा विरुद्ध एक दिवसिय गोष्ठी सोमबारको दिन सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा अन्तर्गतको महिला बिकास समिति को आयोजनामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियानको पुर्व सन्ध्यमा एक दिने लैङिगक समाबेशिकरण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको गरेकाे छ ।


कार्यक्रम प्रतिनिधि सभाका माननिय लक्ष्मी चौधरीको प्रमुख आतिथ्य भएको थियो । वहाँले भन्नुभयो लैङिगक हिंसा विरुद्धको अभियान अप्नो घरबाटै शुरुगर्नु पर्ने बताइन । रेडक्रस सोसाइटीले गरिव,असाहय तथा बाढीपिडितहरुलाई रहत बाँडेर अभिभावक्त्व निर्वह गरेको छ ,, ‘ साथै रेड्क्रश ले समुदायमा गरेका मानबिय कार्यको प्रसंशा गर्नुभएकाे र १६ दिने लैङिगक हिंसा विरुद्धको अभियानको पुर्णसफलताको शुभकामना दिइन माननिय चौधरी ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कैलालीका महिला बिकास समिती संयोजक गिता सोडारी को सभापतित्वमा भएकोे थियो भने उक्त कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले गर्नुभयको थियो ।


कार्यक्रमको स्वागत मन्तव्य धनगढी उपशाखा १ का सभापति धर्मराज जोशि ले गरेका थिए भने सन्चालान नेपाल रेडक्रस सोसाइटीे कैलालीका कार्यक्रम संयोजक कालीदास जोशीले गर्नु भएको थियो । कार्यक्रममा रेडक्रसका विभिन्न उपशाखा बाट २० जना महिलाहरुको उपस्थिति रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio