पूर्व साँसद श्रीपाइलीको पहलमा भजनीमा राहत एंव हुलाकी सडक मर्मत हुँदै

August 11, 2020
पूर्व साँसद श्रीपाइलीको पहलमा भजनीमा राहत एंव हुलाकी सडक मर्मत हुँदै

भजनी । संविधान सभाका सदस्य,एंव सामाजिक अभियन्ता हरि श्रीपाइलीको नेतृत्वमा हुलाकी सडकको मर्मत कार्य सोमबार देखि शुरु भएको छ ।

स्थानीय १५० बढीको सहभागितामा बाढीका बेला तीन जना बगेर मृत्यु भएको भजनी नगरपालिका–८ सोनाफाँटामा पर्ने हुलाकी सडकको पुल भरान गरिएको छ ।

मैले ५००० दिएर जेसिविमा तेल हाल्न लगाएर जेसिवी सहित स्थानीयको सहयोगमा दिउँसो ११ बजेदेखि ७ बजेसम्म हुलाकी सडकका खाल्डाखुल्डी भर्ने काम भयो नेता श्रीपाइलीले भने आज मुख्य समस्या रहेको एउटा पुल भरान गरियो भोलि अरु दुई पुलको भरान गरेपछि भोलि दिउँसो देखि नै भजनी, सत्ति, टीकापुर क्षेत्रमा यातायातका साधन चलाउन सहज हुने छ ।

भजनीमा हुलाकी सडकको झण्डै तीन किलोमिटर क्षेत्र अघिल्लो साता आएको बाढीले विगारेको छ । भजनी क्षेत्रमा बाढीले धनजनको क्षेति पुर्याएपछि पूर्व सासद श्रीपाईली शुरु देखि नै प्रभावितहरुको उद्घार, राहत एंव पुर्नस्थापन कार्यमा निरन्तर खटिदै अाउनु भएको थियो ।