धनगढी । धनगढीस्थित केजी अस्पतालमा पत्थरीको शल्यक्रियापछि मृत्यु भएकी महिलाको घटनामा पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच २२ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।

दुवै पक्षबीच भएको सहमतिअनुसार अस्पतालले पीडित परिवारलाई २२ लाख रुपैयाँ उपलब्ध गराउने भएपछि विवाद टुंगिएको हो। सहमतिसँगै घटनासम्बन्धी विवाद रफादफा भएको छ।

सहमतिपछि मृतक महिलाको शव आफन्तले बुझेर अन्त्येष्टिका लागि लगेका छन्।

यसअघि पत्थरीको शल्यक्रियापछि महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि दुवै पक्षबीच भएको वार्ताबाट आर्थिक क्षतिपूर्तिसहित सहमति जुटेको बताइएको छ।

सेयर कर दियो ।