कञ्चनपुरका पत्रकार बासुदेव धामी(बिमल)माथि समाचार लेखेकै आधारमा मुद्दा चलाउनु केबल पत्रकार धामीमाथिको प्रहार मात्रै होईन  सिङ्गो पत्रकार, संचार क्षेत्रमाथि प्रहार भएको ठहर गरिदै आएको छ । यसैविच प्रेस सेन्टर नेपालले समेत पत्रकार धामीमाथि मुद्दा चलाउनु दुखत विषय भएको भन्दै ‘समाचार लेखैकै आधारमा पत्रकार धामीमाथि मुद्दा पत्रकारिता क्षेत्रमाथि प्रहार भएको ठहर गरेको छन । 

पत्रकार धामीमाथि मुद्दा चलाएर सिङ्गो पत्रकारिता क्षेत्र त्रसित पारेर फेरीपनि मुठ्ठीमा शासन चलाउन खोल्नु कुचेष्टा भएको जनाईएको छ । 

 जनप्रतिनिधी निकायबाट मुद्दा मामिलामा उत्रिने प्रवृति आगामी दिनमा निरन्तर जारी रहने भन्दै त्यसतर्फ समेत सचेत हुन आग्रह गरिएको छ । 

‘पछिल्ला दिनहरुमा पत्रकार एव संचारकर्मीमाथि सुशासनका समाचार लेखेकै आधारमा, विद्युतीय कारोबार ऐन ०६३ को ४७ दफा अनुरुप नेपाल प्रहरीको साईबर ब्यूँरोमा मुद्दा मामिला गर्ने प्रवृति बढिरहेको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसैक्रममा  नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य एव पश्चिम समाचार, बेलडाँडी पोेष्टका पत्रकार बासुदेव धामी(बिमल)बिरुद्धमा पनि समाचार र समाचार बङगाएर लगाएको साईबर मुद्दा दर्ता गरिएको घटनाले प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।’

समाचार लेखेकै आधारमा पत्रकार वा संचारकर्मीमाथि यसरी मुद्दा लगाईहाल्नुपर्ने विषयको प्रेस सेन्टर नेपालले खेद प्रकट गरेको छ । 

समाचारको विषयमा कुनै विमत असहमती भए पत्रकार तथा संचार माध्यमलाई नियमन गर्ने प्रेस काउन्सिल निकाय सकृय भए पनि प्रहरीमा उजुरी दिएर पत्रकारमाथि त्रास उत्पन्न गर्ने गराउने कार्य दुखत विषय भएको ठहर गरेको छ । 

संविधान कानुनले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक अधिकार सार्वजनिक पदमा रहेका व्यक्तिका विषयमा दिने धारणाकै आधारमा मुद्दा लगाउने कार्य समेत लोकतन्त्र, स्वतन्त्र प्रेस स्वतन्त्रता बिरुद्धको कदम प्रेस सेन्टर नेपाल स्वीकार्य नहुने जनाएको छ । 

विद्युतीय कारोबार ऐन ०६३को ४७ दफा प्रयोग गरेर कुनैपनि पत्रकारलाई फसाउन खोजिएको यो घटजना प्रति खेद प्रकट गर्दै यस्तो विषयमा गम्भिर हुन समेत सरोकारवालासंग अनुरोध गर्दै  समाचार लेखेकै आधारमा उक्त दफा आकर्षित गराउन नहुने समेत सरोकारवालाको राय हुदाँहुदै यसरी समाचारको विषयमा आएका उजुरी दर्ता गरिहालेर संचार क्षेत्रमा त्रसित र प्रभाविगत पार्ने काम पनि दुखत विषय बनिरेहको 

जनाएको छ ।  

यसर्थ श्रमजिवी पत्रकार बासुदेव धामी(बिमल)माथि समाचारकै विषयमा लगाएको मुद्दा खारेजीको माग अघि सार्दै समाचार लेखेकै आधारमा साईबर ब्यूरोमा आएको मुद्दा प्रेस काउन्सिलमा पठाउन समेत आग्रह गरेको छ । 

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचारकै विषयमा पत्रकारमाथि मुद्दा चलाउने काम बन्द गर्दै प्रेस, अभिव्यक्ति स्वतन्त्रता, संचारकर्मीको सुरक्षाको व्यवस्था गरिदिन आग्रह गर्दै सम्बन्धीत सरोकारवालासंग अनुरोध गरिएको छ । यस अघि नेपाल पत्रकार महासंघ, अनलाईन टिभी पत्रकार संघ संस्थादेखिका पत्रकार संघ संगठनहरुले पत्रकार धामीमाथि मुद्दा चलाउने कार्य निन्दनिय दुखत स्वतन्त्र प्रेसमाथि हनन्, नागरिक आवाज दवाउने काम भएको ठहर गरेको थियो ।