पुनर्वास-चुनावको मुखैमा कञ्चनपुरको पुनर्वासमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।
मङ्गलबार बिहान ९ बजेतिर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।
निर्वाचन प्रहरी राना सोमबार राति ८ बजेतिर एक्कासी बिरामी भएपछि उनलाई उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेम शाहीले जानकारी दिए ।
मृतक रानाको कञ्चनपुरको लालझाडी गाउँपालिका-३, बल्मी घर भएपनि फागुन २१ गते हुने निर्वाचनका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा खटिएका थिए ।







