नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको आक्र्रमणबाट एक नाबालिकाको मृत्यु भएको छ ।
लालझाडी गाँउपालिका ६ चाँन्देवकी ६ बर्षिया रोजिना साउदको मृत्यु भएको हो । आइतबार बिहान झण्डै ३ बजेतिर आएको हात्तीको बथानले साउदको घरमा आक्र्रमण गर्दा ५५ बर्षिया पार्वती साउद र उनकी ६ बर्षिया नातिती रोजिना साउद घाईते भएकी थिईन ।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले घाईते दुवैको सिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ बर्षिया बालिका रोजिनालाई धनगढी रिर्फर गरिएको अस्पताल नपुग्दै बाटैमा रोजिनाले ज्यान गएको छ ।
हात्तीबाट आक्र्रमण गरिएका घाईतेद्वयको नेपाली सेनाले नै घाईतेको उद्दार गरेको थियो । पछिल्ला दिनहरुमा कञ्चनपुरमा जंगली हात्तीको आक्र्रमण नरोकिएपछि अकालमै मानिस ज्यान गुमाउन बाध्य भएका छन





