नरेश राना / कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा ७औँ संस्करण को ICYC कप फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा ICYC युवा क्लबका अध्यक्ष पहिलाद रानाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका वर्तमान गाउँपालिका अध्यक्ष मदन सेन बडायकको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा सहभागी रहनु भएको थियो।

कार्यक्रममा लालझाडी गाउँपालिकाका वडा सदस्य गार्भू राना, समाजसेवी तनुक लाल चौधरी, विभिन्न सामुदायिक वनका अध्यक्षहरू, सहकारी संस्थाका अध्यक्षहरू, भल्मन्सा, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य क्लबका सह–सचिव मोहन रानाले व्यक्त गर्नु भएको थियो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,३१,१३१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई नगद रु. ७१,१७१ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन खेलमा स्वतन्त्र युवा क्लब र देखत भुली युवा समाज बीच प्रतिस्पर्धा भएको थियो, जसमा स्वतन्त्र युवा क्लब पर्सियाले ६–० गोलको फराकिलो जित हात पारेको छ।

प्रतियोगितामा जम्मा १५ टिम सहभागी रहेका छन्। फाइनल खेल माघ २० गते सम्पन्न हुने जानकारी आयोजकले दिएको छ। कार्यक्रमको सञ्चालन युवा क्लबका सचिव राम प्रवेश रानाले गर्नु भएको थियो। 

भोलि हुने खेल

 २०८२/१०/१४ गते पहिलो खेल

ICYC Yellow Vs BYC तेघरी 

दोस्रो खेल 

आशिष डिजे एन्ड टेन्ट हाउस लालझाडी-०५ Vs अमरज्योती युवा क्लब कन्ज बिच हुनेछ