कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार अनिल रानाले आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै रानाले ठूला राजनीतिक दलहरूले राना–थारु समुदायलाई लामो समयदेखि उपेक्षा गर्दै आएको आरोप लगाएका छन्।
उनले भने, “राना बाहुल्य क्षेत्र हुँदाहुँदै पनि ठूला दलहरूले यहाँ राना–थारु समुदायलाई टिकट नदिनु गम्भीर विषय हो। यदि १६५ वटै निर्वाचन क्षेत्रमा राना–थारु समुदायले कहाँ चुनाव लड्ने हो भन्ने स्पष्ट देखाइदिनु पर्यो राजनीतिक दलहरूले सवै ठाउमा आफै लडने संविधानमा किन लेख्नु पर्यो समाजिक समावेसिता ।”
रानाले अझै थपे, “झापाका उम्मेदवार काठमाडौंमा चुनाव लड्न हुने, पहाडका पहाडीहरू तराईमा आएर चुनाव लड्न हुने भने हामी राना–थारु समुदायले अन्ततः कुन ठाउँमा गएर चुनाव लड्ने?” भन्ने प्रश्न उठाउँदै उनले राजनीतिक दलहरूको प्रतिनिधित्व प्रणालीमाथि गम्भीर प्रश्न गरेका छन्।
स्थानीय समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आफू स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्न बाध्य भएको रानाको भनाइ छ। उनले चुनावी अभियानमा उपेक्षित समुदायको आवाज बुलन्द गर्ने र स्थानीय समस्या संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।