कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नेता प्रेमवति राना उम्मेदवार बनेकी छन्। पार्टीले आगामी निर्वाचनका लागि रानालाई उम्मेदवारको रूपमा अघि सारेको हो।
स्थानीयस्तरमा सामाजिक सेवा, महिला सशक्तीकरण र जनजीविकासँग जोडिएका विषयमा सक्रिय रहँदै आएकी रानाले जनताको समस्या संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएकी छन्।
नागरिक उन्मुक्ति पार्टीका स्थानीय नेताहरूले कञ्चनपुर–२ मा परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै प्रेमवति रानाको उम्मेदवारीले नयाँ आशा र विश्वास जगाएको बताएका छन्। पार्टीले जनमुखी नीति तथा कार्यक्रममार्फत क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने दाबी गरेको छ।
उम्मेदवारी घोषणापछि क्षेत्रका विभिन्न स्थानमा पार्टीका समर्थक तथा कार्यकर्ताहरूको उपस्थिति बढ्दै गएको छ। आगामी दिनमा चुनावी कार्यक्रमलाई तीव्र बनाइने पार्टी स्रोतले जनाएको छ।