ज्ञानु राना/धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १०, घुइँयाघाटस्थित श्री वि.पि. आधारभूत विद्यालयले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार एक विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामदयाल रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा धनगढी उपमहानगरपालिका की उप-प्रमुख कन्दकला कुमारी राना रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा धनगढी उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार राना र गीता पन्त र शिव कुमार राना सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यालयको शैक्षिक प्रगति, सरसफाइ, अनुशासन र सिकाइ उपलब्धिका विषयमा छलफल गरिएको थियो। विद्यालयले “हाम्रो प्रतिबद्धता, लगानी र गति: सरसफाइ, अनुशासन र सिकाइ उपलब्धिमा स्तरोन्नति” भन्ने मूल नाराका साथ शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै आएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बल्दु राना, हिरा भण्डारी र कल्लु रानाको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए। कार्यक्रममा वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न अभिभावक, शिक्षक र विद्यार्थी सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।






