नरेश राना/ कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ मा रहेको जनहित सामुदायीक वन उपभोक्ता समूह को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यक्रम मा सभाध्यक्ष सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष विष्णु प्रसाद चौधरी रहनु भएको थियो।प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना रहनु भएको थियो भने विशिष्ट अतिथि cfcc कञ्चनपुर का उपाध्यक्ष नरेश भट्ट रहनु भएको थियो। कार्यक्रम मा अतिथि को रूपमा CBAPU का जिल्ला सह संयोजन सहदेव राना , सा मिल का सदस्य हंस राम राना रहनु भएको थियो।

कार्यक्रम मा स्वागत मन्तव्य सामुदायीक वन उपभोक्ता समूह का सदस्य बिनिता चन्द ले दिनु भएको थियो।कार्यक्रम मा आय व्याय प्रतिबेदन प्रस्तुत समूह का सचिव हर्क सिंह महता ले १० लाख २५ हजार ३ सय ३८ रुपैयाँ बराबर को कारोबार भएको प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम मा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै कार्यक्रम मा गरीब तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम दिएर सहयोग गर्नु भएको थियो।साथै अपाङ्ग भएका विद्यार्थी लाई न्यानो कपडा दिएर सहयोग गर्नु भएको थियो। कार्यक्रम लाई समूह का सचिव हर्क सिंह महता ले सञ्चालन गर्नु भएको थियो।







