लालझाडी मा पनि ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइयो

२५ फाल्गुन २०८१, आईतवार
लालझाडी मा पनि ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइयो

नरेश राना / कञ्चनपुर 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ को प्रंगणमा

११५ औं अन्तराष्ट्रिय महिला दिवस लालझाडी मा भव्यताका साथ सम्पन्न भएको थियो। लालझाडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष आशाराम राना को सभाध्यक्ष  कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अतिथि कार्य पालिका सदस्य , लालझाडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना ,अतिथि वडा सदस्य र समाजसेबी स्थानिय महिला हरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि ले महिला सशक्तीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि, आर्थिक अवसरको सिर्जना तथा शिक्षामा समान पहुँचका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाउने उहाँको भनाइ छ । अन्य वक्ताहरूले महिलाहरूको सुरक्षा, समान अवसर र आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न आवश्यक पहलहरूबारे आफ्ना विचार राख्नुभएको थियोे । कार्यक्रम मा समाज मा अगुवाइ गर्ने महिला लाई प्रोत्साहन सहित सम्मान गर्नु भएको थियो र समाज मा परिवार सदभाव लाई अझै गाढा बनोस भनेर जुनेली कृषि सहकारी संस्था 

लिमिटेड लाइ वडा कार्यलय ले सम्मान गर्नु भएको थियो।कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको वडा नं २ का वडा अध्यक्ष आशाराम राना ले जानकारी दिनुभएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio