मान बहादुर राना/ लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका मा गाउँपालिका स्तरीय निःशुल्क एकीकृत विषेशज्ञ स्वस्थ शिविर सम्पन्न भएको छ।


गाउँपालिका स्तरिय नि:शुल्क एकिकृत विशेषज्ञ स्वास्थ्य शिविर यस लालझाडी गाउँपालिकाको आयोजना तथा धनगढी संजीवनी अस्पताल धनगढी, कैलालीको प्राविधिक सहयोगमा श्री रामेश्वर माध्यमिक बिद्यालय लालझाडी-६ चान्देव सम्पन्न भएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिका वडा नं ६ को वडा अध्यक्ष हर्क नारायण जोशी को संयोजकत्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो।




स्वस्थ शिविर मा स्त्री , प्रसुती रोग, हाड जोर्नी तथा नसा सम्बन्धी परामर्श ,हर्निया ,पाइल्स रोग को प्रकृति अनुसार चिकिस्थ ले सिफारिस गरिएको औषधि निःशुल्क उपलब्ध गराएको थियो।स्वस्थ शिविर मा ३०० सय भन्दा वढी सेवाग्राहीले स्वास्थ उपचार गरिएको लालझाडी स्वस्थ शाखा संयोजक खगेन्द्र चौधरी ले जानकारी गराउनु भएको थियो।







