नरेश राना /कञ्चनपुर 

कञ्चनपुरको लालझाडी गाउँपालिकामा बुधबार एक कार्यक्रम को बीच सामुदायीक वन समन्वय समिति को आयोजनामा मा तराई भु – परिधि ताल को सहयोग मा लालझाडीमा मानव र वन्यजन्तु द्वन्द निउनिकरण अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम मा सामुदायीक वन समन्वय समिति का अध्यक्ष महेश दत्त जोशी रहनु भएको थियो ।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, विशिष्ठ अतिथि उपाध्यक्ष सपना चौधरी राना,डिभिजनल बन् अधिकृत राम बिचरी ठाकुर ,तराई भू – परिधि का प्रमुख देवराज जोशी , अतिथि जनप्रतिनिधि , कार्यपालिका सदस्य,सामुदायीक वन का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

विशिष्ठ अतिथि डिभिजनल बन् अधिकृत राम बिचरी ठाकुर ले मानव र वन्यजन्तु द्वन्द निउनिकरण का लागि प्रदेश सरकार बाट ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ र हात्ती लाई रोकथाम को लागि गोला बारूद पटकाउने,आगो बाल्ने , मचान बनाउने,साइरन बजाउने,फ्लेक्स लाइट,हरु बाट हात्ती लाई रोकथाम गर्न सकिन्छ।

यसै क्रममा प्रमुख अतिथि पालिका अध्यक्ष निर्मल राना ले हात्ती ले भौतिक संरचना नोक्सान गर्यो भने तत्काल को लागि राहत को व्यवश्था गरिएका छौ ।र आउने दिन मा हात्ती प्रभावित हुने लाई पनि पालिका ले  रहात दिन तयार रहेको जानकारी गराउनु भएको थियो।आउने दिन मा हात्ती रोकथाम को लागि सबै एक जुट भई निउनिकारण गर्न सक्छौं। कार्यक्रम सामुदायीक वन समन्वय समिति का उपाध्यक्ष नरेश भट्ट ले सञ्चालन गर्नु भएको थियो