सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

भालकुसारी महिला कृषक समुहलाई माहुरी वितरण

धनगढी, २९ फागुन
धनगढी उप–महानगरपालिका ८ श्री गणेश टोलमा रहेको भलाकुसारी महिला कृषक समुहलाई बिहीबार धनगढी उप–महानगरपालिकाले २० घार माहुरी वितरण गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नं ८ का अध्यक्ष नारायण बराल र कृषी शाखा प्रमुख लोकराज उपाध्यायले भलाकुसारी महिला कृषक समुहलाई २० घार माहुरी लगायत मह निकाल्ने मदानी प्रदान गरेका हुन ।
उप–महानगरपालिकाको यूवा लक्षित कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा माहुरी सहितको घारहरु उपलब्ध गराएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । किसानहरुमा आफ्नो पनको भावना विकास होस भनेर केहि हिस्सा किसानहरुले पनि लगाउनुपर्छ भन्ने मान्यता हाम्रो हो नगरप्रमुख वडले भने, राम्रो गर्ने किसानलाई थप सहयोग पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने सोचमा छौं । नगरप्रमुख वडले भलाकुसारी महिला कृषक समुहले राम्रो गरेमा माहुरीको बिउ श्रोतकेन्द्रको रुपमा विकास गरिने बताए ।
धनगढी उप–महानगरपालिका ८ का अध्यक्ष नारायण बरालले भलाकुसारी महिला कृषक समुहले गरेको मागका आधारमा माहुरी र घार उपलब्ध गराएको बताए । उनले भने, यसमा ५० प्रतिशत लगानी समुहको छ । धनगढी उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायले भलाकुसारी महिला कृषक समुह निकै सक्रिय रहेको बताए । उनले भने, उनिहरुमा केहि गरौं भन्ने भावना रहेको छ त्यसैले पनि उप–महानगरपालिकाले सहयोग गरेको हो । भलाकुसारी महिला कृषक समुहका अध्यक्ष कमला वली बुढाथोकीले आफुहरु माहुरीको श्रोतकेन्द्र बनाउने उदेश्यका साथ जुटेको बताईन ।