नरेश राना / कञ्चनपुर , कञ्चनपुरको लालझाडी गाउँपालिका मा क्षयरोग मुक्त अभियान कार्यक्रम को वडा स्तरीय अभिमुखिकरण तथा समिति गठन भएको थियो।
लालझाडी गाउपलिका को सबै वडामा वडा स्तरीय समिति गठन भइसकेको क्षयरोग मुक्त अभियान का संयोजक विकास डगौरा ले जानकारी गराउनु भएकोमा थियो।विगत दिन देखि कञ्चनपुरको सबै ७ पालिका मा क्षयरोग को अभियान सञ्चालन गर्दै आएका थिए। भने यो आर्थिक वर्ष मा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिका मा क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन भएको संयोजक ले जानकारी गर्नु भएको थियो।

लालझाडी गाउँपालिका वडा ४ मा ५ र ६ गते भएको गोष्ठी मा वडा स्तरीय वडा अध्यक्ष बहादुर राना को संयोजक मा २१ सदस्य समिति गठन भएको छ। समिति मा वडा का प्रतिनिधि , वार्ड सचिव , स्थानिय स्वास्थ संयोजक , स्वास्थ स्वयमसेविका , विद्यालय का एक जना प्रधानाध्यापक ,समाजसेवी गरी समिति पूर्णता पाएको स्वास्थकर्मी दशरथ राना ले जानकारी गराउनु भएको थियो।

लालझाडी गाउँपालिका मा जम्मा २९ जना मा क्षयरोग टी.भी देखा परेको राना ले जानकारी गराउनु भएको थियो।अब को दिनमा हामी सबै हातो मिली गरी अगाडि बढ्यो भने हामी लाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य रहेको कार्यक्रम संयोजक ले जानकारी गराउनु भएको थियो।दुई दिन को कार्यक्रम मा क्षयरोग को बारेमा विभिन्न विषय मा पालिका स्तरिय कार्यक्रम संयोजक विकास डगौरा ले तालिम दिनुभएको थियो।कार्यक्रम लाई स्वास्थ्कर्मी दसरथ राना ले सहजीकरण गर्नु भएको थियो।







