कञ्चनपुर ६चैत्र । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निर्विरोध चयन भएका पदाधिकारीले सोमबार बेलुकी पद तथा गोपनियताको शपथ खाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला अध्यक्ष सहित पदाधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।नवौ अधिवेशनबाट अध्यक्ष लक्ष्मी बुढा , उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोक कमाुर चन्द निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष मण्डलले पदाधिकारीका सबै उम्मेदवारसित बसेर छलफल गरी सहमति गरेपछि अन्यले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध भएका हुन् । अध्यक्ष ओलीले उनीहरु सबैलाई फूलमाला लगाएर बधाई दिएका छन् । शपथ ग्रहण कार्यृक्रममा अध्यक्ष ओलीले पार्टीलाई मिसन ८४ का लागि केन्द्रित गर्न निर्देशन दिएका छन् । उनले गुटबन्दीले पार्टी कमजोर हुने भएकाले जिल्ला कमिटी सहित सबै नेताले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
जिल्ला कमिटीका सदस्यहरुको शपथ भने अर्को दिन गरिने भएको छ ।







