नरेश राना /कञ्चनपुर ,कृष्णपुर नगरपालिकाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा स्थगित गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी हेल्थ असिस्टेन्ट पाँचौ तहको करार कर्मचारी भर्ना प्रक्रिया हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

नगरपालिकाले गत मंसिर १८ गते प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट पाँचौ तहमा ८ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार फागुन २ गते लिखित परीक्षाको कार्यतालिका थियो । प्राविधिक कारणले तोकिएको मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सुचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।