नरेश राना ,कञ्चनपुर, २८ माघ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी शिविर नजिक रामचन्द्र भट्टको घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर बैतडीको डिलासैनी गाउँपालिका २ घर भई हाल कञ्चनपुरको वाणी शिविर स्थित आफ्नो मामाको घरमा बस्दै आएका २८ वर्षीय भरत बिष्टको आइतबार बिहान मृत्यु भएको हो । करेन्ट लागि गम्भीर घाइते भएका बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।