नरेश राना/कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले १४ औँ नगर अधिवेशन सम्पन्न गरेको छ ।नगर प्रमुख तोया प्रसाद शर्माको सभापतित्वमा सम्पन्न नगर अधिवेशनमा नगर उप प्रमुख भुलिया कुमारी रानालेप्रस्तुत गर्नुभएको चालुआर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ ।

नगर सभामा नगर प्रमुखको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष ०७९/०८० को आन्तरिक राजस्व संघिय सरकार बाट प्राप्त सम्पूर्ण अनुदान तथा प्रदेश सरकारबाट प्राप्त सम्पूर्ण अनुदान गरि जम्मा ८२ करोड ६५ लाख ९९ हजार ५७० रूपैया रहेको थियो भने गत आर्थिक बर्ष ०७९/०८० को कुल चालू खर्छ ४५ करोड ५८ लाख ३० हजार ४२६ र पुञ्जिगत खर्च २२ करोड ९९ लाख ७६ हजार ६२३ रहेको थियो ।

आर्थिक बर्ष ०८०/०८१ को अनुमानित प्रक्षेपण ७७ करोड ८१ लाख ६४ हजार बराबरको आयव्यय १३ औं नगरसभाबाट पास गरिएकोमा आर्थिक बर्ष ०८०/०८१ मा चालू तर्फ ४६ करोड ६८ लाख ९८ हजार ४०० र पुञ्जिगत तर्फ ३१ करोड १२ लाख ६५ हजार ६०० रकम १३ औं नगरसभाबाट पास गरिएको थियो । त्यसैगरी चालू आर्थिक बर्ष ०८०/०८१ को पौष मसान्तसम्ममा गत आर्थिक बर्षको विभिन्न शिर्षक को मौज्दात रकम बाहेक ३० करोड ३५ लाख ३ हजार ९०१ मात्र प्राप्त भएको हो

भने आगामि आर्थिक बर्ष ०८१/०८२ को अनुमानित प्रक्षेपण संघिय सरकार मा पेश गर्नुपर्ने हुँदा रू ८५ करोड ३० लाख प्रक्षेपण गरिएको तथा चालू आर्थिक तर्फ ४६ करोड ९१ लाख ५० हजार र पुञ्जिगत तर्फ ३८ करोड ३८ लाख ५० हजार रकम नगरसभामा प्रस्तुत बजेट पास गरिएको थियो । सिमित श्रोत साधनका बाबजुद केही ठुला आयोजना ( कोल्ड स्टोर निर्माण ,

सिमरि दशरथबस्ति ढक्का सडक कालोपत्रे कार्य छिटै निर्माण गरिने नगर प्रमुख शर्माले आफ्नो प्रतिवेदनमा जानकारी गराउनुभएको थियो । उक्त बिषय संगै नगरपालिका अन्तर्गतको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण , रंगशाला निर्माण र सघन शहरि पुर्वाधार कार्यक्रम जस्ता ठुला परियोजना का लागि प्रदेश तथा संघिय सरकार संग निरन्तर समन्वय गरिदै आएको नगर प्रमुख शर्माले प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

शर्माले नगर सुशासन लाई ध्यानमा राख्दै छिटै नगर प्रहरी भर्ति खुलाईने जानकारी दिनुभयो । ऐतिहासिक महत्त्व बोकेको पुनर्वास नगरपालिकाले योजनाबद्ध बसोबास र पुर्वाधार को उपलब्धता हुँदाहुँदै पनि संघिय सरकार को दृष्टिमा नपरेको कारणले सोंचेअनुसार विकासको गतिमा अगाडि बढ्न नसकेको नगर प्रमुख शर्माले नगरसभामा उल्लेख गर्नुभएको थियो ।

नगर प्रमुख शर्माले नगरपालिका मा अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रमुख चिन्ता को बिषय रहेको कुरा उल्लेख गर्दै हालसम्म वडा नम्बर ४ देखि ११ वडा सम्म जग्गा नापजाँच सम्पन्न गर्दै गर्दा विभिन्न चुनौती को सामना व्योहोर्नुपरेको उल्लेख गर्नुभयो । पुनर्वास मा रहेको राष्ट्रिय आवास कम्पनी ले बारम्बार प्रतिवाद गर्दै आएपनि नगरपालिकाले त्यसो सामना गर्दै जग्गा नापजाँच प्रक्रियालाई निरन्तरता दिंदै आएको र वडा नम्बर १,२,३ मा पनि छिटै नापजाँच सम्पन्न गरिने तथा नेपाल सरकारको भुमि आयोग संग समन्वय गरि अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराईछाडने प्रतिबद्धता व्यक्त गरे ।

यसका अतिरिक्त नगरपालिका मा विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको पुनर्वास नगरपालिका प्रवक्ता तुलसी अर्यालले जानकारी दिनुभयो । अधिवेशनको सहजीकरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले गर्नुभएको थियोे ।

अधिवेशनमा सभाका सदस्यहरूले आआफ्ना प्रश्न, जिज्ञासा, धारणा तथा सुझाव राख्नु भएको थियो भने । जसको जवाफ नगरपालिका प्रमुख तथा उप प्रमुखले जवाफ दिनुभएको थियोे । कार्यक्रम को सञ्चालन पुनर्वास नगरपालिका योजना प्रमुख शंकर बोगटीले गरेका थिए ।