मिलन ई.बो.स्कुलमा एसईई आइडलको अडिसन सम्पन्न

२७ मंसिर २०८०, बुधबार
मिलन ई.बो.स्कुलमा एसईई आइडलको अडिसन सम्पन्न

धनगढी । एसईई धनगढीको जुगेडामा रहेको मिलन ई.बो.स्कुलमा प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसईई आईडलको तेस्रो संस्कारणको अडिसन सम्पन्न भएको छ । नृत्य र गायन विधाको प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आइडलका अडिसन धमाधम आयोजना हुने क्रममा आज मिलन स्कुलमा बाह्रौँ अडिसन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सिताराम बुढाथोकीले विद्यार्थीलाई पढाईसँग उनीहरुमा भएका फरक क्षमताको पहिचान र अभिवृद्धि हुनु पर्ने कुरामा जोड दिए । एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

Matshove-final-01_20231204102806

असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio