अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ए.अाई.एन.को-सेक्रेटरीमा राजेन्द्र रैका

१६ आश्विन २०८०, मंगलवार
अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ए.अाई.एन.को-सेक्रेटरीमा राजेन्द्र रैका

धनगढी । कैलालीका अत्यन्तै सकृय मानवअधिकार तथा सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह -४४ को भाईस सेक्रेटरीमा निर्बिरोध निर्वाचित भएका छन् ।

सोमबार धनगढीमा सम्पन्न एम्नेस्टी ईन्टरनेशनल नेपालको पाँचौ साधारणसभा तथा अधिबेशनबाट रैका भाईस सेक्रेटरीमा निर्वाचित भएका हुन । अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक बिकासका क्षेत्रमा कृयाशिल छन् ।

कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालका केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब,

सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव पदमा रहि मानवअधिकार तथा सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio