फागुन १० गते
गोदावरी नगरपालीका वडा नम्बर ८ जोनापुरमा सम्पन्न प्रदेस स्तरीय अन्र्तरबिद्यालय फुटबल प्रतियोगिताको उपाधि समैजी माबि माझगाउले जितेको छ । सनिबार सम्पन्न फाइनलमा अत्तरीयाको पुस्पाञ्जली इङ्ग्लिस बोर्डिङ स्कुललाइ ३–० गोल अन्तरले पराजित गर्दै समैजि माबि माझगाउले उपाधि जितेको हो । समैजिलाइ च्याम्पियन बनाउने क्रममा भरत महतले ह्याट्रिक पुरा गरे । उनले पहिलो हाफको १९ औ तथा दोश्रो हाफको ९ औ र १९ औ मिनेटमा गोल गरेका हुन । जित संगै समैजिले १ लाख नगद प्राप्त गर्यो भने उपबिजेता बनेको पस्प्ाँञ्जलीले ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएका बिद्यालयलाई समेत नगद १० ÷ १० हजार पुरस्कार प्रदान गरीएको छ । धनगढीको पञ्चोदय माबि र लम्किको उज्यालो सिशु सदन सेमिफाइनलबाटै बाहिरीएका थिए । प्रतियोगितामा उज्यालो सिशु सदन लम्किका सुदिप कठरीया उत्कृष्ट खेलाडी घोषित भए । समैजी माबिका भरत महत सबर््ाँधिक गोलकर्ता बन्दा समैजिकै गोर्बधन चौधरी उत्कृष्ट गोल रक्षक घोषित भए । उनिहरु सबैले नगद १÷१ हजार पुरस्कार प्राप्त गरेका छन । फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेस भित्रका १९ बिद्यालयको सहभागिता रहेको थियो । फुटबलको उर्बर भुमिका रुपमा परीचित जोनापुरमा ‟जोनापुर गाउको पहिचान, फुटबल बिकासको अभियान” भन्ने नाराका साथ, पहिलो पटक प्रदेस स्तरीय अन्र्तबिद्यालय फुटबल प्रतियोगिता आयोजना भएको हो । आयोजक मदरल्याण्ड युथ क्लबले यसअघि क्लब स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको थियो । बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने हेतुले यस बर्षबाट बिद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरीएको क्लबका अध्यक्ष श्रबण चौधरीले बताए ।