धनगढी, १० फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले वालबालिकाहरुका लागि संस्कारीक शिक्षा आवश्यक भएको बताएका छन् ।
धनगढी उप–महानगरपालिका ४ मा रहेको धनगढी सिड्निङ्गजोन मन्टेश्वरी स्कुलको ७ औं बार्षिको उत्सव तथा अभिभावक दिवसमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । अभिभावकहरुले पनि आफ्नो संस्कार भन्दा आयातित भाषा, संस्कार संस्कृती वालबालिकाहरुलाई बढी सिकाउन थाले नगरप्रमुख वडले भने, त्यसैले घर देखि विद्यालय सम्म बालवलिकाहरुलाई संस्कार सिकाउनुपर्छ ।
सिड्निङ्गजोन मन्टेश्वरी स्कुलका बालबालिकाहरुले देखाएको अतिरिक्त क्रियाकलापहरुमा यहाँको मौलिकपन झल्कीको बताए । छोराछोरीले बुढेसकालका आमाबुवाहरुलाई बृद्धा आश्रममा पु¥याउने काम संस्कार नपाएर नै हो नगरप्रमुख वडले भने, त्यसैले वालबालिकाहरुलाई उनिहरुको दायीत्व, जिम्मेवारी, सामाजिक उत्तरदायीत्व सबैकुरा सिकाउनु पर्छ ।
आफ्नो टिम निर्वाचित भएर आएपछि धनगढीका ७ वटा सामुदायीक विद्यालयमा प्राविधिक धारको पठनपाठन सुरु गराएको बताए । उनले भने, धनगढीलाई प्राविधीक शिक्षाको हव बनाउन सामुदायीक विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेका हौं । सिड्निङ्गजोन मन्टेश्वरी स्कुलका अध्यक्ष हरी रेग्मीले विद्यालयलाई पूर्ण अभ्यासका माध्यमबाट बालबालिकालाई पढ्न सिकाउने संस्थाको रुपमा यस विद्यालयलाई आफुले विकास गरिरहेको बताए । ऐश्वर्य विद्यानिकेतनका प्रअ प्रेमनिधी ओझा र प्याप्सन कैलालीका बरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाहले शुभकामना मन्तब्य राखेका थिए ।