धनगढीका विद्यालयमा अव तेक्वान्दो खेल अनिवार्य

८ फाल्गुन २०७६, बिहीबार
धनगढीका विद्यालयमा अव तेक्वान्दो खेल अनिवार्य

घनगढी , ८ फागुन
धनगढी उप–महानगरपालिकाका सरकारी तथा निजी विद्यालयहरुमा तेक्वान्दो खेल सिकाउने कार्यलाई अनिवार्य गरिने भएको छ ।
बिहीबार धनगढी उप–महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र र नेपाल तेक्वान्दो संघ सुदूर प्रदेश अध्यक्ष प्रदिप थापा बिच सोही बिषयमा सम्झौतामा हस्ताक्षर पनि भएको छ ।
कोरिया स्थित विविध संघसस्थाका प्रमुख व्यक्तित्वहरु संग भएको सहयोग आदान प्रदान सम्बन्धी छलफल मध्ये यस सुदूरपश्चिम प्रदेशमा तेक्वाण्डो खेलको बिकासको लागि ग्रासरुट देखि नै यस खेल संग सम्बन्धित प्राबिधिक सहयोग गर्न “तेक्वान्दो प्रमोशन फाउण्डेशन, कोरिया” ले ईच्छा ब्यक्त गरेकोले विद्यालयतहमा तेक्वान्दो अनिवार्य गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख वडले बताए । यही जनवरी ५ देखि १३ तारिखसम्म नगरप्रमुख वड, नेपाल तेक्वान्दो संघ सुदूरपश्चिमका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाश शाही र कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहीत शाह कोरिया भ्रमणमा गएका थिए । नेपाल तेक्वान्दो संघ सुदूरपश्चिमका अध्यक्ष प्रदिप थापाले धनगढीका विद्यालयतहमा तेक्वान्दो खेल अनिवार्य गर्ने कुरो महत्वपूर्ण उपलब्ध भएको बताए ।
थापका अनुसार धनगढी उप–महानगरले नगरक्षेत्रका प्रत्येक वडामा रहेका सरकारी तथा निजी स्कुलहरुमा तेक्वान्दो खेल खेलाउने कार्यलाई अनिबार्य बनाउने , चालु आर्थिक बर्षमा कम्तीमा ८ वडाका ८ वटा स्कुलमा तेक्वान्दो खेल शुरुवात गर्ने र आगामी आर्थिक बर्षमा सबै वडाका स्कुलहरुमा क्रमशः लागू गर्दै जाने , तेक्वान्दो प्रशिक्षकहरुको प्रशिक्षण भत्ता तथा प्रारम्भिक खेल सामाग्रीको ब्यबस्था गर्ने सम्झौता भएको छ ।
त्यसैगरी तेक्वान्दो संघले प्रशिक्षणको लागि आवश्यक प्रशिक्षकको व्यवस्था गर्ने , तेक्वान्दो खेलको विकास र संचालन गर्न लागिएको कार्यक्रम सफल पार्नको लागि केन्द्र र “तेक्वान्दो प्रमोशन फाउण्डेशन, कोरिया” संग संयोजनकारी भूमिका खेल्ने, तेक्वान्दो पाठयक्रम व्यबस्था र आफ्ना प्रशिक्षकहरु लाई नियमित बैदेशिक प्रशिक्षक ल्याई प्रशिक्षणको ब्यवस्था गर्ने आवश्यक्ता अनुसार बैदेशिक प्रशिक्षणको ब्यवस्था मिलाउने सम्झौता भएको थापाले बताए । धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाश शाहीले तेक्वान्दो खेल सुरु गर्नका लागि उप–महानगरपालिकाले कार्यविधी बनाएर चाडै काम थाल्ने बताए

Wedding Story advertisement Of Jems Movies & Photo Studio