लक्ष्मण थारुद्वारा अनसन स्थगित,अन्य कार्यक्रम भने यथावत रहकाे मोर्चाले जनाएको छ

लक्ष्मण थारुद्वारा अनसन स्थगित,अन्य कार्यक्रम भने यथावत रहकाे मोर्चाले जनाएको छ

कैलाली, ८ फागुन । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु आमरण अनसन स्थगित गरेका छन् ।
फागुन १ गतेदेखि धनगढी स्थित गुरही चौक (क्याम्पस चौक)मा आमरण अनसनरत नेता थारुले बिहीबार स्थगित गरेका हुन् । उनले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर अनसन स्थगित गरेका हुन् ।
रेशम चौधरी लगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका माग थारुले अनसन बसेका थिए ।
आमरण अनसन स्थगित गरेपनि अन्य कार्यक्रम भने यथावत रहने मोर्चाले जनाएको छ ।

विज्ञापन