एफएमडिसी द्धारा मानव अधिकार रक्षकहरुलाई पैरवी तालिम

७ फाल्गुन २०७६, बुधबार
एफएमडिसी द्धारा मानव अधिकार रक्षकहरुलाई पैरवी तालिम


धनगढी ७ फागुन । एफएमडिसी, विकास र परिवर्तनका लागी सामाजिक संचारको आयोजनामा मानव अधिकार मापदण्ड, र स्थानिय सरकारको भुमिका सम्बन्धी मानव अधिकार रक्षकहरुलाई पैरवी तालिम धनगढीमा सम्पन्न भएको छ ।
एफएमडिसीका कार्यकारी निर्देशक उमीद वागचन्दले कैलालीको गौरीगंगा नगरपालिकालाई एक बर्ष भित्र मानव अधिकार मैत्री नगरपालिका बनाउन मानवअधिकार रक्षकहरुलाई मानवअधिकारको मापदण्ड र स्थानिय सरकारको भुमिका बारे जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख तथा तलिमका प्रशिक्षक मानव अधिकारको अवस्था, सिद्धान्त, आम बुझाई र मापदण्डका बिषयमा प्रशिक्षण गराए । पैरवी, मानव अधिकार रक्षकहरुको भुमिका तथा जिम्मेवारीका बारेमा पनि तालिममा प्रशिक्षण गराए ।
तालिममा सहभागी सुदूरपश्चिम समाजका सदस्य विरेन्द्र चौधरीले गौरीगंगा नगरपालिकामा धेरै मात्रामा तेश्रो लिगीहरुको संख्या भएपनि उनिहरु खुल्न नसकिरहेको बताए । यस किसिमका तालिम पाए तेश्रो लिंगीहरु पनि आफ्नो खुलेर हक अधिकारका बारेमा बोल्न सक्ने बताए ।
तलिमको समापन कार्यक्रममा बोल्दै एफएमडिसीका उपाध्यक्ष निर्मला बागचन्दले हरेक व्यक्तिलाई स्वतन्त्र भएर जिउने हक भएको भन्दै हरेक व्यक्तिले स्वतन्त्र भएर बाच्न सके मात्रै मानवअधिकारको अनुभुती हुने बताए ।
कार्यक्रम संयोजक गोविन्द नारायण उपाध्यायले संचालन गरेको तालिममा ३० जना मानवअधिकार रक्षकहरु सहभागी थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio