धनगढी, २ फागुन
धनगढी उप–महानगरपालिका ५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनको ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ ।
ऐश्वर्य विद्या निकेतन सार्वजनिक गुठीद्धारा संचालन गरिएको प्रदेशकै प्रतिष्ठीत शैक्षिक संस्था हो । बार्षिकोउत्सवको समापन कार्यक्रममा असल अभिभावक, सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरु, पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका प्रतिनिधीसभा सांसद नारदमुनी रानाले ऐश्वर्य प्रदेशकै गुणस्तरीय शिक्षा दिने सबैभन्दा बृहत शिक्षण संस्था भएको बताए । उनले ऐश्वर्य विद्यानिकेतको विकासका लागि आफु सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । ऐश्वर्य विद्या निकेतन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले ऐश्वर्य सामुदायीक विद्यालय नै भएपनि सरकारबाट कुनैपनि सहयोग नलिएर संचालन भैरहेको बताए । शिक्षक, कर्मचारी र पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले विद्यार्थीबाट शुल्क लिने गरिएको छ ब्यबस्थापन समितिका अध्यक्ष वडले भने, अन्य बोडिङ्ग स्कुलको भन्दा न्यून शुल्क छ । ब्यबस्थापन समितिका अध्यक्ष वडले सरकारबाट कुनै किसिमको सहयोग प्राप्त गर्ने वित्तिकै शुल्क घटाउने बताए ।
पूर्व सांसद तथा ऐश्वर्य विद्या निकेतन सल्लाहकार समितिका सदस्य महेश्वर पाठकले आफ्नो जिवनको उर्जाशिल समय ऐश्वर्य विद्या निकेतनको प्राचार्य भएर विताएको बताए । उनले भने, म यस विद्यालयको सधै प्रगती उन्नती चाहन्छु । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डा. हेमराज पन्तले वालबालिको शैक्षिक उपलब्धीलाई उसले परीक्षामा प्राप्त गरेको ग्रेड संग मात्रै नहेर्न अभिभावक संग आग्रह गरे । उनले उसको ब्यावहारमा आएको परिवर्तन पनि सिकाई उपलब्धी हो ।
नाष्ट कलेजमा प्रिन्सीपस शिवहरी मुडभरी, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले ऐश्वर्य विद्या निकेतन प्रदेशकै गुणस्तरीय शिक्षा दिने थलो भएको धारणा राखेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधी ओझाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।