नगरप्रमुख वड र क्यानडा सरकारका प्रतिनिधी जेनेटद्धारा सूचना प्रविधी केन्द्रको उद्घाटन

२९ माघ २०७६, बुधबार
नगरप्रमुख वड र क्यानडा सरकारका प्रतिनिधी जेनेटद्धारा सूचना प्रविधी केन्द्रको उद्घाटन

धनगढी, २९ माघ
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधी जेनेट गडले बुधवार धनगढी उपमहानगरपालिका १७ मा स्थापना गरिएको समुदाय सूचना प्रविधी केन्द्रको उद्घाटन गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले स्थापना गरेको समुदाय सूचना प्रविधी केन्द्रको नगर प्रमुख वड र क्यानडा सरकारका प्रतिनिधी गडले संयुक्त रुपमा उद्घाटन गरेका हुन । धनगढी उपमहानगरपालिकाको वडा नं १५ र धनगढी उपमहानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा संचालित सेसी परियोजना अन्तरगत सूचना प्राविधी केन्द्रहरु संचालनमा छन् ।
उपमहानगरपालिकाले नगरवासीको सजिलोका लागि सबै वडामा सूचना प्रविधी केन्द्र बिस्तार गर्दै लैजाने बताए । उनले भने, हाम्रो उदेश्य भनेको उपमहानगरपालिकाका सबै गतिविधीमा नागरिक सहभागिता खोज्नु र शुसासनलाई प्रवद्र्धन गर्नु हो । सूचना प्रविधी केन्द्रमा स्थानीयले धनगढी उपमहानगरपालिकामा सुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली ( आईएमएस) को प्रयोग गर्न पाउने ब्यबस्था गरिएको छ नगरप्रमुख वडले भने, सहयोग गर्नका लागि एक जना स्वांसेवक पनि खटाउने ब्यबस्था गरेका छौं ।
यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने योजनाको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे मोवाईल एप्स’मार्फत जानकारी पठाउन नगर प्रमुख वडले भने, यस एप्सको प्रयोग गरिदिन म सबै नगरवासीमा अनुरोध गर्दछु ।
यस प्रणालीले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरका छौं नगरप्रमुख वडले भने, योजनाको भौतिक आर्थिक प्रगतीका साथै सबैले कमेन्ट गर्नपाउने ब्यबस्था समेत गरिएकाले नागरिकतहबाट समेत निगरानी गर्न सकिन्छ ।
क्यानडा सरकारका प्रतिनिधी जेनेट गडले धनगढी उपमहानगरपालिकाले संचालन गरेका नगरपालिकामै रहेको र वडा नं १५ मा रहेको सूचना प्रविधी केन्द्रको पनि अनुगमन गर्नका साथै यसको प्रभावकारीताका बारेमा जानकारी लिएकी थिईन । उनले धनगढी उपमहानगरपालिकाको शुसासन अभिबृद्धीमा सूचना प्रविधी केन्दले सहयोग पु¥याएको आफुले पाएको बताईन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio