काठमाडौंमा पनि मनाए रानाथारु समुदायले दिपावाली

२३ माघ २०७६, बिहीबार
काठमाडौंमा पनि मनाए रानाथारु समुदायले दिपावाली

काठमाडौं , २३ माघ

सदियौ देखि आफ्नो पहिचानको लागि संघर्ष गर्दै आएका रानाथारु समुदाय नेपालको आदिवासी जनजातिको सुचिमा आफ्नो पहिचान पाएको छ । यो सुचि माघ २३ गते साँझको ४ बजे नेपाल सरकारको प्रबक्ता मार्फत घोषणा भएको छ । सरकारको निर्णयको स्वागत गर्दै रानाथारु समुदायले विभिन्न ठाउँमा दिप प्रज्वलन गरि नयाँ युगको सुरुवात गरेका छन् ।

काठमाडौंमा पनि विभिन्न कारणले बस्दै आएका रानाथारु वासीले काठमाडौंको भृकुटि मण्डपमा माननिय नारदमुनी रानाथारुका जेठा छोरा श्री कमल रानाथारुको अगुवाइमा दिप प्रज्वलन गरि नयाँ युगको शुरुवात गरेका छन् । यसै गरि केहि दिनमा रानाथारु समुदायको(काठमाडौंमा) कमिटी गठन गर्ने तथा रानाथारुको चाडपर्वमा पनि विशेष कार्यक्रम गरि यहाँ भएका सम्पुर्ण रानाथारुलाई समेटेर हर्ष उल्लासका साथ मनाउने उक्त टिमले निर्णय गरेको छ । दिप प्रज्वलनको समयमा सुश्री प्रमिला रानाथारुले आफ्नो छोटो मन्तब्य राख्दै सहभागी सम्पुर्णलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको छ ।

ranatharu

Wedding Story advertisement Of Jems Movies & Photo Studio