बेलाैरी,२९ भदाैँ । कञ्चनपरको पुनर्वास नगरपालिमा रहेकाे १२ रानाथारु गाँउमा भुइयाँ को संयुक्त रुपमा उद्घाटन भएको छ । नगरपालिकामा रहेका १२ गाँउको भुइयाँ निरक्षण गरी एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश सभा सदस्य तारा लामा तामाङ्गले गरे ।
भुइयाँ रानाथारुको गाँउ भरीको देउता हो यसले गाँउको रक्षा गर्छ । यसको संरक्षण गर्न हाम्रो दायित्व यसका साथै हामीले सबै समुदायलाई समान रुपमा विकास गर्नु पर्छ वडा नं. ८ का अध्यक्ष राना श्रवणले बताए । कार्यक्रमा बोल्दै वडा नं. १० का अध्यक्ष सुकदेव रानाले रानाथारु नगर प्रमुख सँग समुदायमा रहेको भल्मन्सा प्रथाका साथै गाँउका चाकर लाई पनि विशेष भत्ताको ब्यवस्था हुनुपर्ने माग गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले आफू रानाथारु समुदायको ब्यक्ति नभए पनि रानाथारु समुदायमै हुर्केको र रानाथारु समुदाय नजिकवाट बुझेको बताए । रानाथारु भल्मन्सा लाई सब भन्दा पहिले ५००० को भत्ताको हाम्रो नगरपालिका बाट सुरुवात गरेको र अगामी दिनमा यसलाई बढाउने प्रतिबद्ता गरे ।
राजनीति भन्दा समुदाय माथि रहेको त्यसैले सबै राजनीतिक दल मिलेर समाज निर्माण लाग्नु पर्ने रानाथारु अगुवा तथा रानाथारु उत्थान समन्वय मंचका अध्यक्ष धोखे राम रानाले बताए ।
रानाथारु समुदाय प्रकृति पुजारी समुदाय हो । यस समुदायको विकास गर्न, संस्कृति संरक्षण गर्न सहयोग गर्ने सबै निकाय र संस्थालाई धन्यवाद दिदै भुइयाँ निमार्णका लागि माननिय तारा लामा तामाङ्ग को संसद विकासबाट १८ लाख सहयोग आएको रानाथारु भुइयाँ निर्माण समितिका अध्यक्ष बहाली रानाले बताए ।