नरेश राना /लालझाडी,२८ असाड ।
कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यार्थी भाइबहिनीहरु पालीका भित्रका कराँते खेलबाट छनौट गरीएको टिमलाई सातौ सगरमाथा अन्तराष्ट्रिय कराँते च्यामपियन सिप २०२१ मा काठमाडौँको टि.टि. हल लैनचौरमा भएको प्रतियोगितामा पहिलो पटक रिङ्गमा खेलने गएकोले उक्त पालिकाको ठुलो उपलब्धि भएको र जसमा आ आप्नो विद्यामा कास्य पदक जम्मा ११ पदक प्राप्त गरेका छन ।
सातौ सगरमाथा अन्तराष्ट्रिय कराँते च्यामपियन२०२१को कामाडौँको टिटि हल लैनचौरको हलमा खेल अबधिभर लालझाडीका २ जना बहिनी अन्जली राना र पुनम भारती खेल अबधिभर आप्नो अनुशासन दिखाई कञ्चनपुरको लालझाडी गाउपालिकाकै नाम कमाउना सफल भएकी छिन
लालझाडी गाउपालिकाका शिक्षा अधिकृत सिद्घराज भट्ट र गाउपालिका प्रमुख मदनसेन बडायक शिक्षा तथा खेलकुदमा दश बर्षे योजना अन्तर्गत अन्तराष्ट्रिय लेवलमा प्रतिस्पर्धा गर्ने सफल गराउनमा लालझाडी खेल प्रशिक्षक म र विनिता वि.क. तथा सहयोगी जर्मन रानाको अथक प्रयास र मेहनतले यति छोटो समयमा लक्ष्यको नजिक पुगेका छौ । सम्रगमा आज लालझाडी गाउपालिका परिवारमा खुशीयाली छाएको छ बताए प्रशिक्षक लिलाधर भट्ट ।